विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन।

काठमाडौं:= नेपाली कांग्रेसका सांसद विनोद चौधरी पार्टीको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। आजदेखि नवलपुरमा सुरू भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट चौधरी महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । चौधरी बाहेक अरू सर्वसम्मत महाधिवेशन प्रतिनिधि भएनन्। अरू महाधिवेशन प्रतिनिधि चयनका लागि मंगलबार निर्वाचन गर्ने तयारी छ।

नवलपुर कांग्रेस सभापति विष्णु लामिछानेले चौधरी सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएको सेतोपाटीलाई बताए। चौधरी मधेशी कोटाबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि भएका हुन् । ‘उहाँ मात्रै सर्वसम्मत हुनुभयो । अरू महाधिवेशन प्रतिनिधिका लागि भोलि मतदान हुन्छ,’ उनले भने।

केन्द्रीय निर्वाचन समितिका अनुसार चौधरी मधेसी कोटाबाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । उनी नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य समेत रहेका छन् । कांग्रेसको १४ औँ महाधिवेशन भने मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका छ। सोमबार नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट उनी महाधिवेशनमा सर्वसम्मत चयन भएका हुन् ।