काठमाडौंमा पासपोर्ट बनाउनेको भीड : राहदानी विभागमा राति १ बजेदेखि लाइन।

काठमाडौं := आइतबार बिहानैदेखि राहदानी विभागमा पासपोर्ट (एमआरपी) बनाउनेको भीड देखिएको छ। नारायणहिटीको दक्षिण गेटमा दोहोरो लाइन छ। राहदानी विभागले मंगलबारपछि आज टोकन बाढ्दैछ। बुधबार, विहीबार र शुक्रबार मंगलबार टोकन लिएकाहरुले एमआरपी बनाउने पालो थियो । आइएलटिस रिजल्ट र इडिभी भर्नेहरुले पासपोर्ट बनान लागेकाले राहदानी विभागमा थेगिनसक्नु भीड छ ।

साथै एमआरपी नवीकरण गर्नेहरुको घुइँचो पनि उस्तै छ । आज बिहान १ बजेदेखि मान्छेहरूको लाइनमा छन् । बच्चा काखमा बोकेर मान्छेहरु लाइन बसेको अवस्था छ। दाङ समिक्षा थापाले घर बिहान ४ बजेदेखि लाइनमा बसेको बताइन् । यस्तै थानकोटका नुबु दोर्जे पनि बिहान ४ बजेदेखि नै लाइनमा छन् । झापाका जितबहादुर राईले आफू बिहान ६ बजेदेखि लाइनमा बसेको बताए ।

तनहुँको खैरेनिटारकी प्रीति गुरुङ, धनुषा रवीन्द्र काप टोकनका लागि विहानै देखि लाइनमा छन् । विभागले दैनिक ६ सयसम्म टोकन दिने गरेको भएपनि आइतबार करिब दुई हजार मान्छे लाइनमा बसेका छन् । हरेक जिल्ला प्रशासन कार्यालयबाट समेत राहदानी वितरण हुँदै आएको छ। विभागबाट बढी शुल्क तिरेर चाँडै बनाउन सकिन्छ।