काठमाडौं:= विश्वको सर्वश्रेष्ठ रोेजगारदाता कम्पनीको सूचीको पहिलो नम्बरमा सामसुङ इलेक्ट्रोनिक्स परेको छ । विश्वप्रसिद्ध पत्रिका फोब्र्सले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार छनोटमा परेका सात सय ५० कम्पनीलाई पछि पार्दै दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफूलाई पहिलो नम्बरमा उभ्याउन सफल भएको हो ।
छनोटमा परेका विभिन्न सात सय ५० कम्पनीमध्ये शीर्ष २० कम्पनीको प्रतिस्पर्धामा सामसुङ अगाडि आउन सफल भएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । शीर्ष २० कम्पनीमा सामसुङपछि दोस्रो स्थान आइबीएम, तेस्रोमा माइक्रोसफ्ट र क्रमशः एमाजोन, एप्पल, अल्फावेट, डेल, हुवावे, एडोव, बिएमडब्लु, कोस्टको, कोकाकोला, सिस्को, एडिडास, सिमेन्स, साउथवेस्ट एयरलाइन्स, एयरबस, डा. वेइटेकर, डेसल्ट र डेल्टा कम्पनी रहेको बताइएको छ ।




















