‘अश्लील सिन दिन बाध्न बनाइयो’ : कलाकार उर्फी जावेद।

मुम्बई:= विश्व बजारमा विभिन्न ठूला तथा साना चलचित्र साथै विभिन्न शोहरूमा कलाकारले गर्ने गतिविधि चर्चामा आइरहन्छन्। कतिपय निर्देशक तथा निर्माताहरूले गरेका र बोलेका कुराहरू कलाकारले सार्वजनिक गरिदिएको उदाहरण धेरै छन् ।

यसैक्रममा बिग बोस ओटीटीमा सहभागी भएपछि चर्चामा आउनुभएकी भारतीय कलाकार उर्फी जावेदले चलचित्र क्षेत्रमा संघर्षका दिनहरूका बारेमा आफ्ना अनुभव बताउनुभएको छ । अनुभव बताउने क्रममा आफूलाई अश्लील सिन दिन बाध्य पारिएको खुलाउनुभएको हो ।

बोल्ड पहिरनका कारण चर्चामा आउने उर्फीले प्रोड्युसरले बोल्ड सिन गर्न बाध्य पारेको बताउनुभयो । उर्फीले सुरुवाती दिनमा एक प्रोड्युसरले सिन खिच्ने क्रममा उनको सारी निकै माथि सारिदिएका र उहाँको भित्री वस्त्र क्यामेरामा कैद गराएको खुलासा गर्नुभएको हो ।

उहाँ स्वतन्त्रताका लागि घरबाट भाग्नु भएको थियो । उहाँ एक रुढीवादी सोच राख्ने परिवारमा हुर्किनुभएको थियो । उहाँलाई आफ्नो इच्छानुसार काम गर्ने अनुमति नभएको अन्तर्वार्तामा बताउनुभएको छ । उहाँले पहिलो दिनको सुटिङपछि अश्लील दृश्य गर्न बाध्य पारेपछि आत्महत्याको सोंच आएको खुलाउनुभएको छ ।

उहाँले अर्को दिनबाट सुटिङमा जान अस्वीकार गरेपछि निर्माताले ४० लाख माग्दै जेल पठाउने धम्की दिएको बताउनुभयो । उहाँले सिन दिने क्रममा प्रोड्युसरले छुने कोसिस गरेको पनि खुलाउनुभएको छ ।