क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत बैतडी जिल्लाका एक नेपाली श्रमिकको ब्लड क्यान्सरका कारण मृत्यु भएको छ।
बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं–५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय जोशीको सोमबार राति ब्लड क्यान्सरका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो।
बिगत तीन दिनदेखि अस्पताल भर्ना भएका जोशी अस्पतालमा उपचाररत रहेकै बेलामा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिनुभयो। मृतक जोशी विगत पाँच बर्ष देखि मलेसियामा काम गर्दै आएका थिए।
मृतकको शवको थप पोष्टमार्टम भैइरहेकोले पोस्टमार्टम पश्चात् कोरोना संक्रमण नदेखिए शव नेपाल फर्काउने र कोराना देखिएमा मलेसियामै अन्तिम संस्कार गरिने बताइएको छ। मृतकको घरमा श्रीमति, २ छोरी र १ छोरा छन्।




















