लायन्स क्लब अफ शिवराजकाे आयाेजनामा स्वर्गद्वारी मन्दिर सरसफाइ चिटिक्क।

[ राम अवतार चाैधरी ] 

कपिलवस्तु:= कपिलवस्तुकाे शिवराज नगरपालिकामा अवस्थित स्वर्गद्वारी आश्रम परिसर सरसफाई कार्यक्रम गरिएको छ । शनिबार लायन्स क्लब अफ शिवराजकाे आयाेजनामा शिवराज नगरपालिकाकाे वडा नं -४ मा रहेकाे स्वर्गद्वारी मन्दिर परिसरभित्र सरसफाई गरिएकाे हाे ।

बडा दशैँ, छठ पर्व र दिपावलीमा पूजापाठ गर्ने भक्तजन, श्रद्धालु र दर्शनार्थीहरूकाे भीडभाड बढी हुने गरेकाेले चाडपर्वलाई मध्ये नजर गर्दै सरसफाई गरिएको लायन्स अफ क्लबका अध्यक्ष कमल पाण्डेले बताए ।

मन्दिर परिसरभित्र रहेका फाेहाेरमैला, कसिङ्गर र अनावश्यक पदार्थलाई उचित व्यवस्थापन गर्दै मन्दिर प्राङ्गणलाई सरसफाई गरी सफा सुग्घर पारिएकाे उनले बताए । उक्त सरसफाई कार्यक्रममा जनप्रतिनिधि, लायन्स अफ क्लबका पदाधिकारी, समाजसेवी, स्थानीय लगायतकाे उपस्थिति रहेकाे थियाे ।