मलेसियामा अलपत्र श्रमिक ओबि रामको एनआरएनएले उद्दार गरि स्वदेश फर्कायो।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= गैर आवासिय नेपाली संघ (एनआरएनए) मलेसियाले यहाँ अलपत्र अवस्थामा रहेका एक नेपाली श्रमिकको उद्दार गरि स्वदेश फर्काएको छ।

रोजगारीका सिलसिलामा करिब ३ बर्ष अघि मलेसियाको क्यामरुन हाईल्याण्ड स्थित मेङ सिन ट्रेडिङ फार्मिङ कम्पनीमा काम गर्न आईपुगेका नेपाल ठेगाना झाउकोट- ९ रोल्पा निबासी ओबि राम पुनको सकुशल उद्दार गरि आज आईतवार स्वदेश फर्काइएको हो।

ओबि राम पुन आफू सुरुमा आएको कम्पनिबाट भागेर अवैधानिक हैसियतमा कार्यरत रहेका थिए। बिरामिले च्यापे पछि काम गर्न नसक्ने अवस्थामा साथिहरुको कोठामा शरण लिएर बसेका पुनले एनआरएनए मलेसियालाई आफुलाई उद्दार गरि नेपाल फर्काई दिनुहुन निवेदन दिएका थिए।

सोही निबेदनको आधारमा गैर आवासिय नेपाली संघ मलेशियाले स्वदेश फर्काउन लाग्ने दस्तुर ट्राभल डकुमेन्ट, हवाई टिकट, पिसिआर टेस्ट,लगायतको सम्पुर्ण खर्च संघलेनै जुटाएर स्वदेश फर्काएको संघका स्वयंसेवक गोबिन्द पुन मगरले जानकारी दिनुभयो।

पछिल्लो समय कोरोना माहामारी सुरु भएदेखिनै एनआरएनए मलेसियाले यहाँ अलपत्र रहेका , स्वदेश फर्कन नपाएका , आर्थिक अभावमा छटपटिएर बसेका , विभिन्न कारणबँस बिरामी परेका लगायतका नेपाली श्रमिकहरुको नेपाली दूतावास लगायतको सहयोग,समन्वयमा उद्दार गरि स्वदेश फर्काउदै सहयोग गरिरहेका छ्न।

मलेसियामा कुनैपनि नेपाली श्रमिकलाई कुनै किसिमको समस्या परेको खण्डमा अथवा विभिन्न कारणले अलपत्र परि स्वदेश फर्किन असमर्थ रहेको नेपालीहरुले र केहि अप्ठ्यारा समस्यामा परेका नेपालीहरुले एनआरएनए मलेसियालाई सम्पर्क गरे अथवा निवेदन दिए एनआरएनए मलेसियाले सक्दो भरपुर रुपमा साथ सहयोग गर्ने अध्यक्ष विनोद थापाले भन्नुभयो।