नवनियुक्त मन्त्री गजेन्द्र हमालद्वारा पदबाट राजीनामा।

काठमाडौं:= सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिनु भएको छ । उहाँले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउनु भएको हो । मन्त्री हमालले प्रधानमन्त्रीकै आग्रहमा राजीनामा दिनु भएको बुझिएको छ ।

यस अघि उहाँले आफूले स्वविवेक प्रयोग गरेको र विवादमा नफस्ने भन्दै राजीनामा दिन लागेको बताउनु भएको थियो ।देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुनु हो । मन्त्री चयनमा प्रधानन्यायाधीशलाई पनि भाग दिएको भन्दै चर्को आलोचना भएको थियो । उहाँ असोज २२ गते मन्त्री नियुक्त हुनु भएको थियो ।