काठमाडौं := वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’का लागि एक हजार ६ सय जनाको नाम सिफारिस भएको छ । विभागले आइतबार बिहान इजरायलमा ‘केयरगिभर’का लागि जान चाहानेमध्येबाट एक हजार ६ सयको नाम सिफारिस गरेको हो ।
उतिर्ण सम्पुर्ण मध्यबाट इजरायलको पिआइबिएले विभागले सिफारिस गरेको सूचीबाट कामदार छनोट गर्नेछ । त्यसपछि पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ । रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन् ।




















