शिवराज वडा नं-३ मा एसइई उर्तिण ६५ जना विद्यार्थीलाई कम्प्युटर तालिम।

[ राम अवतार चाैधरी ] 

कपिलवस्तु:= कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.३ का ६५ जनालाई कम्प्युटर तालिम सञ्चालन गरिएको छ । चालू आर्थिक बर्ष २०७८-८९ को कार्यक्रम अन्तर्गत वडाले एसइई उर्तिण विद्यार्थीलाई मध्यनजर गर्दै उक्त तालिम सञ्चालन गरेको वडा कार्यालयले जनाएकाे छ।

राईटस्टेप एजुकेसन एकेडेमी चन्द्रौटाले उक्त तालिमको प्राविधिक सहयोग गरेको छ । तालिमको उद्घाटन गर्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले अहिलेको युगमा कम्प्युटर सिप अति आवश्यक रहेकोले वडाले तालिम आयोजना गरेको बताए ।

कुनै पनि कार्यालयमा रोजगारीको लागि कम्प्युटर सिप अनिवार्य रहेको उनले जिकिर गरे । तिन महिना सम्म सञ्चालन हुने उक्त तालिममा सिकेका कुरालाई आगामी दिनमा व्यवहारमा उतार्ने तरिकाले सिक्न प्रमुख अधिकारीले सुझाए।

कतिपय विद्यार्थीहरू आर्थिक अवस्था न्यून हुँदा कम्प्युटर शिक्षा नलिएको पाइएकोले त्यस्ता विद्यार्थीहरूलाई पनि समेटेको वडा अध्यक्ष सापकोटाले बताए । कम्प्युटर सिप भोलि जागिर देखि व्यापार सम्म जुनसुकै ठाउँमा पनि आवश्यक रहने उनले बताए। तिन महिना पछि पनि कम्प्युटर सिक्न इच्छुक तर रकम नहुँदा सिक्न नसक्नेहरूलाई वडाले प्राथमिकता दिएर आर्थिक व्यवस्थापन गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लामो समय देखि निरन्तर कम्प्युटर शिक्षा प्रदान गर्दै आइरहेको राईटस्टेप एजुकेसनले विद्यार्थीहरू सहज तवर वाट सिकाइने सञ्चालक दीपेन्द्र पौडेलले जनाए ।