नेपाली सहित विदेशी श्रमिकको लागी मलेसिया रोजगारी डिसेम्बर महिनासम्म नखुल्ने।

एजेन्सी क्वालालम्पुर (मलेसिया):= कोरोना भाइरस (कोभिड-१९) को माहामारी सुरुभएदेखिनै विदेशी कामदारहरुको निम्ति मलेसिया प्रवेश पुर्ण रुपमा बन्द रहेको छ। मलेसिया सरकारले नेपाल सहित पाँच देशमाथी लगाएको प्रतिबन्ध हटाएपनी वैदेशिक रोजगारीमा आउने विदेशीहरुको लागी भने मलेसिया बन्दनै रहेको जनाएको छ।

वैदेशिक रोजगारीका लागि मलेसिया आउने आप्रवासी श्रमिकलाई कुनै भ्रममा नपर्न मलेसियाली सरकारले आग्रह गरेको छ। स्थानीय सञ्चार माध्यमसंगको कुराकानीको क्रममा मलेसियाका मानव संशाधनमन्त्री दातुक सेरि एम सरभाननले यहीँ बर्षको डिसेम्बर ३१ तारिखसम्म कुनैपनी आप्रवासी श्रमिक तथा घरेलु कामदारका लागि मलेसियामा रोजगारीको निम्ति कुनैपनी विदेशीलाई प्रवेश अनुमति नरहेको स्पष्ट पार्नु भएको हो।

केही समययता मलेसियामा आप्रवासी श्रमिक तथा घरेलु कामदारका लागि खुला भएको भन्दै म्यानपावर कम्पनी र वैदेशिक एजेन्टहरुले विज्ञापन गर्न थालेपछि सरकारले कसैलाई पनि भ्रममा नपर्न र त्यस्तो म्यानपावर कम्पनीहरुले फैलाईरहेको अफवाहको पछि नलाग्न सम्पुर्णमा आग्रह समेत गर्नुभएको छ।

कोभिड–१९ संक्रमणका कारण १८ मार्च २०२० देखि मलेसियाले विदेशी श्रमिक भित्र्याउने नीतिलाई नियन्त्रण गरेको थियो।

मन्त्री सारभाननका अनुसार राष्ट्रिय सुरक्षा परिषद्, मानव संसाधन मन्त्रालय, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र अन्य सम्बन्धित मन्त्रालयसँग आगामी दिनमा छलफल गरिसके पश्चात् बल्ल सरकारले आप्रवासी श्रमिक मलेसियामा भित्र्याउने कि नभित्र्याउने निर्णय लिइने बताए भने तत्काललाई विदेशीको लागी मलेसिया रोजगारी डिसेम्बरसम्म बन्दनै रहेको बताउनुभयो।

Advertise