एजेन्सी := सामसुङ नेपालले २०७८ दसैंतिहारको अवसरमा ग्राहकहरूले ‘छुटको तरंग, दसैंतिहारमा उमंग’ अफर ल्याएको छ । जसमार्फत् सामसुङ टिभी तथा डिजिटल एप्लाएन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्न सकिनेछ । योजना अवधिभर सामसुङका टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिन खरिदमा अधिकतम ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने र निश्चित उपकरण निःशुल्क जडान सुविधासमेत रहेको कम्पनीले जनाएको छ ।
सामसुङ प्लाजा तथा निश्चित आउटलेटबाट सहज किस्ताबन्दी सुविधा पनि रहेको छ । टीभी दुई वर्ष (१ वर्ष फूल प्रोडक्ट वारेन्टी र थप १ वर्ष प्यानलमा) को वारेन्टी रहेको छ भने रेफ्रिजेरेटर तथा एसीको डीआईटी कम्प्रेसरमा १० वर्षको वारेन्टी रहेको छ । त्यस्तै वासिङ मेसिनको डीआईटी मोटरमा १० वर्षको वारेन्टी रहेको छ । अफर कात्तिक २९ गतेसम्म वा स्टक रहुन्जेलसम्म लागू हुने पनि कम्पनीले जनाएको छ ।




















