काठमाडौं:= चलचित्र निर्माता रोहित अधिकारी र कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको सहकार्यमा नयाँ चलचित्र निर्माणको तयारी भइरहेको छ । पछिल्लो समय ‘छ माया छपक्कै’मा निर्माताको भूमिका निर्भाह गर्नुभएका रोहितसँग मिलेर दीपकले चलचित्रको कामअगाडि बनाएको र अहिले स्क्रिप्टको काम भइरहेको बुझिएको छ ।
चलचित्रमा निर्देशन भने तय नभएको तर नाम चलेकी निर्देशक लिइने तयारी भएको निर्माता अधिकारीले बताउनुभएको छ । निर्देशक र फिल्म युनिटको नाम एक औपचारिक कार्यक्रमसहित घोषणा गर्न लागिएकाले निर्देशकको नाम अहिले गोप्य राखिएको बताइएको छ ।
थुप्रै चलेका कलाकार रहने बताइएको चिलचित्र दीपक दीपाको पनि मुख्य भूमिका रहनेछ । अनमोल केसी अभिनित फिल्म ‘गाजलु’बाट निर्माणमा होमिनु भएका रोहितले दोस्रो फिल्म ‘द ब्रेक अप’ प्रदर्शनपछि दीपक दीपासँग ‘छ माया छपक्कै’का लागि सहकार्य गर्नुभएको थियो ।




















