एजेन्सी:= बेलायतकी १८ वर्षिया इमा राडुकानुले युएस ओपन टेनिसको महिला एकलतर्फको उपाधि जितेकी छन्। आइतबार बिहान भएको फाइनल खेलमा राडुकानुले क्यानडाकी लेइला फर्नान्डेजलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् ।
अर्थर आसे स्टेडियममा भएको खेलमा इमाले १९ वर्षीया फर्नान्डेजलाई ६-४ र ६-३ ले पराजित गर्दै पहिलो ग्रान्डस्लाम टेनिसको उपाधि उचालिन्।
#USOpen champion @EmmaRaducanu has a special message for all of you: pic.twitter.com/eWtfe7PQ7a
— US Open Tennis (@usopen) September 12, 2021
उनले बेलायतको पछिल्लो ४४ वर्षमा महिला ग्रान्डस्लाम जित्ने प्रतिक्षालाई पूरा गरिन् । पछिल्लोपटक सन् १९७७ मा भर्जिनिया वेडले बेलायतका लागि विम्बल्डनको उपाधि जितेकी थिईन् ।
इमाले यो उपलब्धि भर्जिनिया वेडप्रति समर्पित गरेकी छन् । ‘यो भर्जिनिया वेड र टिम हेममेनका लागि धेरै अर्थपूर्ण छ ।’ जितपछि उनले भनिन्, ‘उहाँ ब्रिटिस आइकन हुन् र उहाँको पाइला पछ्याउँदा मलाई विश्वास भयो कि म यो गर्न सक्छु ।’
उपाधिसँगै उनले २.४ मिलियन अमेरिकी डलर (२९ करोड ३० लाख रुपैयाँ) नगद पुरस्कार पाएकी छिन्।
SEALED WITH AN ACE 💫
The moment @EmmaRaducanu clinched the 2021 #USOpen women’s singles title 👇 pic.twitter.com/5jeMlvDUb7
— US Open Tennis (@usopen) September 11, 2021




















