पशुपतिनाथ मन्दिर आजबाट खुल्ला, अनिवार्य मास्क र भौतिक दुरी कायम गर्नुपर्ने।

sf7df8f}F, ( kmfu'g M dxflzj/flqsf] cj;/df ;Dk"0f{ lxGb"sf nflu ;a}eGbf dxTjk"0f{ / kljq:yn sf7df8f}Fsf] kz'kltgfy dlGb/df bz{g ug]{ z'qmaf/ bz{gfyL{x?sf] eL8 . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं:= आराध्यादेव पशुपतिनाथको मूल मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ । कोरोना महामारीको दोस्रो लरहसँगै साढे चार महिना बन्द गरिएको पशुपतिनाथ मन्दिर आज बिहान ६ बजेदेखि सर्वसाधारणको लागि खुल्ला गरिएको हो ।

पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायतका मन्दिर पनि भक्तजनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

अब पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ ।

लामो समय बन्द गरिएको पशुपतिनाथ मन्दिरमा हिजो क्षमापूजा गरिएको थियो । यसअघि विसं २०७६ चैत महिनामा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।