एनआरएनए आईसिसिको केन्द्रिय अध्यक्ष पदमा कुलप्रसाद आचार्यद्वारा उम्मेदवारी दिने घोषणा।

काठमाडौं := गैरआवासीय नेपाली संघ एनआरएनएका सल्लाहकार एवंम पुर्व उपाध्यक्ष कुलप्रसाद आचार्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसिसिको नजिकिदै गरेको १० औं महाधिवेशनमा केन्द्रको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छ्न।

आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रबर्दन,गैरआवासीय नेपाली नागरिकता तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले संघको केन्द्रीय अध्यक्षमा आगामी कार्यकाल २०२१ – २०२३ सम्मको लागि अक्टोबर महिनामा हुने निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेको हो।

पर्वतको धाइरिङमा जन्मिएका आचार्य बिगत दुई दशक देखि बेलायतलाई कार्यक्षेत्र बनाउदै ब्यापार , ब्याबसाय गर्दै आएका एक सफल व्यवसायीको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल गैर आवासीय व्यक्तित्व हुन।

गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा पनि अध्यक्षका प्रत्यासी उम्मेदवार आचार्य त्यतिबेलाको निर्वाचनमा अहिलेको संघका अध्यक्ष कुमार पन्तसँग केहि मतले पराजित भएका थिए।

गत निर्वाचनमा पराजित भए ता पनि यसपाली पुनः आफू ले अध्यक्षमै उम्मेदवारी दिने बताउदै आचार्यले भन्नुभयो, संस्थामा अहिले देखिएको चरम लापरबाही, चरम व्यक्तिगत र गुटगत स्वार्थलाई निरुत्साहित गर्न मैले पहिल्यैदेखि सधैं आवाज उठाउदै आइरहेको छु , र सबै गैरआवासीय नेपालीहरुको इज्जत र प्रतिष्ठा बोकेको संस्थामा सबैको भावनालाई समेट्ने, सबैलाई मिलाएर जान सक्ने, अग्रजलाई सम्मान र युवालाई साथ लिएर जाने आफ्नो भिजन रहेको उनले बताए।

आचार्यले भन्नुभयो  गैरआवासीय नेपाली संघ जस्तो सामाजिक संस्थालाई विभिन्न स्वार्थमा विभाजित बनाउने कुराको आफु सधै विरोधी बिरोधि भएको जनाए । संघको साखलाई उच्च बनाउन तमाम अग्रज र गैरआवासीय नेपाली समुदायको विशेष अनुरोधलाई स्वीकार गरेर नै आफुले उम्मेदवारी घोषणा गरेको बताए।

आचार्यले भन्नुभयो आफू ले चुनाव जितेपछि संसदमा विचाराधीन  गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनको मुद्दा , सम्पत्ति सुरक्षा , लगानी प्रवर्द्धन , सीप , ज्ञान र पूँजीको स्थानान्तरण , गैर आवासीय नेपालीहरुको बालबालिकाका लागि नेपाली भाषा कक्षा जस्ता गैर आवासीय नेपालीहरुको लागि आवश्यक पर्ने महत्वपूर्ण तमाम मुद्दाहरु लिएर कार्यान्वयन गर्ने अध्यक्षका उम्मेदवार आचार्यले बताए।