अफगानिस्तानमा महिलाहरुको प्रदर्शनमा तालिवानको दमन, लाठीचार्ज र मरिचको धुलोले घाइते।

एजेन्सी:= अफगानिस्तानमा तालिवान शासन अन्तर्गत राजनीतिक अधिकारको खोजी गर्दै प्रदर्शन गरिरहेका महिलाहरुमाथि तालिवानले ब्यापक दमन गरेको छ ।

काबुल र हेरातमा महिलाहरुले प्रदर्शन गरेकोमा तालीवानले लाठीचार्ज र मरिचको धुलो छर्कंदा दर्जनौ महिला घाइते भएका छन् । प्रर्दशनका क्रममा महिलाहरुले तालीवान सरकारमा आफुहरुको पनि अधिकार हुनु पर्ने भन्दै नाराबाजी गरेका थिए।

तालिवानले महिलालाई केही हदसम्म अधिकार दिइने तर मन्त्री पद नदिने घोषणा गरेपछी उनीहरु प्रदर्शनमा उत्रेका हुन् । २५ बर्ष पहिले तालिवानको शासन रहँदा महिलालाई अधिकारबाट बञ्चित गरिएको स्मरण गर्दै उनीहरुले त्यो नियती फेरी नदोहोरियोस भनि प्रदर्शन गरेको बताएका छन् ।

तालिवानको दमनका बीच पनि आफुहरुको माग पुरा नभएसम्म प्रर्दशन जारी राख्ने अफगान महिलाहरुले बताएका छन् । प्रदर्शनमा अग्रपंक्तीमा महिला पत्रकारहरु रहेका थिए भने बिभिन्न क्षेत्रमा कार्यरत महिलाको उल्लेख्य सहभागिता रहेको थियो ।