काठमाडौं:= अमेरिकाको न्युयोर्कमा शक्तिशाली आँधीपछि आएको बाढीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ ।
सोलुखुम्बु जुनबेसीका ४९ वर्षीय आङगेलु लामा, उनकी २० वर्षीया श्रीमती मिङमायाङजी शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामाको बाढीमा परी मृत्यु अमेरीकामा रहेका एक नेपालीले जानकारी दिए ।
न्युयोर्कको उडसाइडस्थित घरको वेसमेन्टमा उनीहरु १४ वर्षदेखि बस्दै आएका थिए । राति सुतिरहेका बेला पानीले डुबेर उनीहरुको मृत्यु भएको हो । अमेरीकामा हालै आएको आँधी र बाढीमा परेर दर्जनौ मानिसको मृत्यु भईसकेको छ ।




















