[ दिनेश खड्का’खप्तडी’ ]
क्वालालम्पुर (मलेसिया):= तनाव ब्यबस्थापन तथा मनोपरामर्श विषयमा भर्चुअलको माध्यमबाट यहि सेप्टेम्बर ५ तारिख अन्तक्रिया कार्यक्रम आयोजना हुने भएको छ।
सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति मलेसियाको आयोजनामा अन्तक्रिया कार्यक्रम हुन लागेको हो। कार्यक्रममा विशेष गरि वैदेशिक रोजगारीमा कार्यरत रहेका नेपाली श्रमिकहरुको निम्ति तनाव ब्यबस्थापन तथा मनोपरामर्श विषयका विज्ञहरुले जानकारी दिनुहुने,राष्ट्रिय समिति मलेसियाका अध्यक्ष तुलाराम धामीले बताउनुभयो ।
विश्वका बिभिन्न मुलुकका बसोबास गर्दै आउनुभएका विशेष गरि प्रवासमा रहेका आम नेपालीमा पछिल्लो कोरोना महामारी साथै अन्य विभिन्न विषयमा उत्पन्न तनाव र यसको मानसिक समस्याहरु देखापर्दै गएको अवस्थामा यो कार्यक्रम एक्दमै उपयोगि हुने राष्ट्रिय समिति मलेसियाका संरक्षक समिर मल्लले बताउनुभयो ।
कार्यक्रममा मनोपरामर्श विशेषज्ञ डाक्टर स्वामी कृष्णले विशेष चेतनामुलक जानकारी दिने बताइएको छ । आफनो व्यस्तको कारण मानसिक तनाब हुनुपरेको अवस्थामा कार्यक्रमले केही महत्वपूर्ण सन्देश तथा यसको व्यवस्थापनका उपायहरु समेत दिने अपेक्षा गरिएको छ । उक्त अन्तक्रिया कार्यक्रम मा विश्वका विभिन्न मुलुकमा रहेका प्रवासी हरुको सहभागिता रहने बताइएको छ ।
सामाजिक क्षेत्रमा आफ्नो महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको पिएनसिसि मलेसियाको सहयोगमा यो अन्तर्क्रिया कार्यक्रम हुन लागेको हो। कार्यक्रम यहि आईतबार मलेसियाको समय अनुसार साझ ७ बजेबाट सन्चालन हुनेछ ।




















