विद्यालय जान थाले साउदीका विद्यार्थीहरू।

रियाद:= लामो समयदेखि विद्यालय जान नपाएका साउदी अरबका विद्यार्थीहरू आइतबारदेखि विद्यालय जान थालेका छन् । अनलाइनमार्फत बढिरहेका उनीहरू भौतिकरुपमै विद्यालय उपस्थित भएर अध्ययन गर्न थालेका हुन् । योसँगै नयाँ शैक्षिकसत्रसमेत सुरु भएको जनाइएको छ ।

गत १७ महिनादेखि घरमै पढिरहेका ती विद्यार्थीहरू विद्यालय गएर पढ्न पाएपछि खुशी व्यक्त गरेका छन् । घरमै बसेर अनलाइनमार्फत भइरहेको पढाइमा गुणस्तर नभएपछि र कोरोना भाइरसको महामारी पनि कम हुँदै गएपछि भौतिकरूपमै अध्ययन अध्यापन सुरु गरिएको हो ।

शैक्षिक अधिकारीका अनुसार अहिले १२ वर्ष पूरा भएका वा सोभन्दा बढी उमेरका बालबालिकालाई मात्रै विद्यालय आउन दिने व्यवस्था गरिएको छ । प्राथमिक विद्यालय तह र पूर्वप्राथमिक तहका विद्यार्थीलाई भने अझै विद्यालय आउन अनुमति दिइएको छैन ।