नेपाल-युरोपियन फिल्म फेष्टिभलको ब्राण्ड एम्बेस्डरमा अभिनेता दयाहाङ राई।

काठमाडौं := नेपाल-युरोपियन फिल्म फेष्टिभल (नियुफ) को ब्राण्ड एम्बेस्डर अभिनेता दयाहाङ राई नियुक्त हुनुभएको छ । आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उहाँलाई फेष्टिभलको दूतमा नियुक्त गरेको हो ।

‘लोकप्रिय कलाकार/अभिनेता दयाहाङ राई नेपाल–इयु चलचित्र महोत्सव (नियुफ्) का लागि (ब्राण्ड) एम्बेस्डर अथवा दूत हुनुभएको सूचित गर्न पाउँदा हामी गर्वित छौं’, डेलिगेसनले जनाएको छ । दयाहाङले पनि फेष्टिभलसँग जोडिन पाउँदा खुशी लागेको बताउनुभएको छ । उहाँले महामारीका कारण चलचित्रका सार्थक गतिविधि ठप्प भएको समयमा भच्र्युवल रूपमै भए पनि हुने फेष्टिभलले फिल्मकर्मीमा ऊर्जा सञ्चार गर्ने बताउनुभयो ।

नेपाल युरोपियन फिल्म फेष्टिभलको यो दशौं संस्करण हो । फेष्टिभल आउँदो असोज १ देखि ९ गतेसम्म भच्र्युवल रूपमा चल्नेछ । योसँगै महोत्सवमा डेलिगेसनले आयोजना गरेको लैगिंक समानताबारे लघु चलचित्र प्रतियोगिताको विजेताको घोषणा तथा चलचित्रसँग सम्बन्धित महŒवपूर्ण अन्तक्र्रिया र गोष्ठीहरू पनि सञ्चालन हुने आयोजकले जनाएको छ ।