काठमाडौं:= पछिल्लो समय अमेरिका रहनुभएका निर्देशक किशोर सुब्बा आफूलाई विभिन्न क्षेत्रमा सक्रिय बनाइरहनुभएको छ । कवितासंग्रह ‘काश जिन्दगी ¤’ हालै पाठकमाझ ल्याउनुभएको उहाँले जेपीजे इन्टरटेन्मेन्ट नामक युट्युब च्यानल चलाइरहनु भएको छ ।
यस च्यानलमा यतिवेला ‘घुयेत्रो’ नामक सिरियल प्रशारण भइरहेको छ । त्यसैगरी ‘हेल्लो अमेरिका’ नामक कार्यक्रमको निर्माण तथा निर्देशन पनि किशोरले गरिरहनु भएको छ । उक्त कार्यक्रममा अमेरिकामा रहेका नेपालीहरूको जनजीवनलाई उतार्ने कार्य भइरहेको किशोरले जानकारी गराउनुभयो ।
हालै आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले आयोजना गरेको नेपाल इण्डिजिनियस फिल्म फेस्टिभलमा निर्णायक बन्नुभएकाका सुब्बाले नयाँ चलचित्रका लागि केही स्क्रिप्टहरूको अध्ययन पनि गरिरहेको बताउनुहुन्छ ।




















