के श्रद्धाले नेपाली मुलका फोटोग्राफर रोहणसंग विहे गर्ने भए त?

एजेन्सी := मिडियामा बलिउड एक्ट्रेस श्रद्धा कपूरको विवाहको खबरले चर्चा पाइरहेको छ । नेपाली मुलका फोटोग्राफर रोहण श्रेष्ठसँग उनको विवाह हुने खबरले नेपाली मिडियामा राम्रो स्थान पाइरहेको छ ।

यद्यपि यसबारे आधिकारिक पुष्टि भएको छैन ।टाइम्स अफ इन्डियाको एक अन्तर्वार्तामा अभिनेता शक्ति कपूरले आफूलाई यसबारे जानकारी नरहेको बताएका छन्। ‘रोहणको पितासँग मेरो पुरानो चिनजान छ । उनीहरु हाम्रो घरमा आइरहेका हुन्छन्, ’ शक्तिले भनेका छन् ,‘तर श्रद्धासँगको विवाहबारे केही कुरा भएको छैन।’

श्रद्धाले विवाहको बारेमा बताए आफूलाई कुनै आपत्ति नहुने समेत उनले प्रस्ट्याए । मसँग श्रद्धा मात्र होइन छोरा सिद्धान्तले पनि कुरा गर्न सक्छन्, ’ उनले भने । उनले यो समय आफ्नो करियरमा ध्यान केन्द्रित गर्न सुझाव दिने गरेको बताए। केही वर्ष यता श्रद्धाको नाम फोटोग्राफर रोहणसँग जोडिएको छ । यी दुईलाई फिल्म हलसँगै विभिन्न इभेन्टमा पनि स्पोट गरिएको छ । तर , यिनले सम्बन्धको बारेमा केही बोलेका छैनन्।