स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई २-० गोलले हरायो।

एजेन्सी := स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेमाथि जित निकालेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले गेटाफेमाथि २-० गोलअन्तरले जित निकालेको हो।

खेलको दोस्रो मिनेटमै जोर्डी अल्बाको पासमा सर्जि रोबर्टोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर १८ औं मिनेटमा गेटाफेका सान्ड्रो रमिरेजले गोल फर्काउँदै खेल बराबरीमा ल्याए।

तर ३० औं मिनेटमा बार्सिलोनाले फेरि खेलमा अग्रता बनायो। यसपटक फ्रान्क डी जोङको पासमा मेम्फिस डिपेले गोल गरेका थियो। उनको गोलमा पहिलो हाफमै बार्सिलोना २-१ ले अघि रह्यो। दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसक्दा बार्सिलोनाले खेल आफ्नो पक्षमा पार्‍यो।