फ्रेन्च लिगमा मेस्सीको डेब्यु, एम्बाप्पेको गोलमा पिएसजी विजयी।

एजेन्सी := अर्जेन्टाइनी फुटबल स्टार लियोनल मेस्सीले फ्रान्सको शीर्ष डिभिजनको लिगमा डेब्यु गरेका छन् । गएराति भएको रेम्सविरुद्धको खेलबाट मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी)को लागि डेब्यु गरेका हुन् ।

पिएसजी २–० ले विजयी भएको यो खेलमा दुबै गोल भने किलियन एम्बाप्पेले गरे । १७ वर्षसम्म स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका मेस्सी यसै सिजन पीएसजीमा अनुबन्ध भएका हुन् ।