बढी सुन्दर भएकै कारण बेरोजगार भइन् यी मोडेल।

एजेन्सी:= मानिस बेरोजगार हुनुका कारण के के हुन सक्दछन्? देशमा पर्याप्त रोजगारीका अवसर नहुनु, मानिस आफैमा शिक्षा तथा सीप र क्षमताको कमी हुनु आदि आदि । तर संसारकै धनी मुलुक अमेरिकामा एकजना युवतीचाहिं बढी सुन्दर भएकै कारण बेरोजगार हुनु परेको छ।

एमी कुप्स नामक ती मोडेलले आफ्नो बेरोजगारीको अनौठो कारण बताएकी छिन् । आफूले आफ्नो सुन्दरता र कामुकताकै कारण कुनै जागिर पाउन नसकेको उनको दाबी छ। नर्थ क्यारोलिनामा बस्ने एमी कुप्सले पछिल्लो केही वर्षदेखि राम्रो जागिरको खोजी गरिरहेकी छिन् । तर जुनसुकै जागिरका लागि अन्तर्वार्ता दिए पनि उनी छनोट हुन सकेकी छैनन् । उनलाई कुनै पनि क्षेत्रमा जागिर भेटिएको छैन । अहिलेसम्म उनी स्वास्थ्य बीमा, खुद्रा पसलहरु, कार मार्केटिंगलगायतका हरेक क्षेत्रमा जागिर खोज्न गएकी छिन्।

केही वर्षअघि सम्म एमीले शिक्षिकाको रुपमा जागिर गर्दथिन् । तर जब उनी Onlyfans  मोडेल भएको कुरा थाहा भयो उनको शिक्षिकाको जागिर मात्र गुमेन अरु जागिर पनि उनले पाएकी छैनिन्। एमीका अनुसार पछिल्ला केही वर्षदेखि जब उनी जहाँ पनि जागिरका लागि अन्तर्वार्ता दिन जान्छिन् अन्तर्वार्ताकारहरु उनलाई घुरेर हेर्छन् । पुरुषहरु आफ्नो सुन्दरता र हटनेस देखेर नर्भस हुने गरेको उनको जिकिर छ।

आफ्नो सुन्दरता करिअरका लागि सबैभन्दा ठूलो अड्चन बनेकोमा उनलाई दु:ख छ । तर राम्रो जागिर नपाएपछि उनले आफ्नो मोडलिङ करिअरबाट भने राम्रै आम्दानी गरिरहेकी छिन्। Onlyfan Model रिहेकी एमी Only Fans प्लाटर्फममा आफ्ना फोटो तथा भिडियोहरु बिक्री गरेर रकम आर्जन गर्ने गरेकी छिन् । सो प्लाटर्फम खासगरी पोर्न भिडियो तथा फोटोहरुका लागि चर्चित भएको हुँदा एमीको छवि खराब बनेको र बाहिर जागिर पाउन मुस्किल बनेको हो ।

एजेन्सी