[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= जंग्रार साहित्यिक बखेरी नेपालको उप-शाखा मलेसियामा समेत गठन भएको छ।
थारु साहित्य संरक्षण र विकासको निम्ती वैदेशिक रोजगारीको क्रममा कामको शिलशिलामा मलेसियामा कार्यरत रहदै आईरहनु भएका साहित्य क्षेत्रमा रुचि राख्ने , कलम चलाउने थारु युवाहरू एकजुट भैइ जंग्रार साहित्यिक बखेरीको शाखा मलेसियामा गठन गर्नु भएको हो।
जंग्रार साहित्यिक बखेरी नेपालको आयोजनामा
भर्चुअल माध्यमबाट आयोजित एक अनलाइन कार्यक्रमका बिच गठित उप-शाखा मलेसियाको अध्यक्षमा अर्जुन थारुलाई सर्वसम्मत चयन गरिएको छ।
तल हेर्नुहोस साहित्यिक बखेरी मलेसियाको पदाधिकारीहरुको नमावली :
अध्यक्ष :- अर्जुन थारु ( बर्दिया)
उपाध्यक्ष :- शुसील दहित ( बाॉके)
सचिव :- केशव राजवंशी ( कैलाली)
कोषाध्यक्ष :- सुनिल थारु ( कैलाली)
सदस्य:- प्रेम राज थारु (कैलाली), लालबहादुर थारु (बर्दिया), समर्पन चौधरी ( बर्दिया), कुल्बिर थारु ( बर्दिया) , प्रजेश थारु (कपिलवस्तु)

पछिल्लो केहि बर्षदेखि मलेसियामा कार्यरत थारु युवा/युवतीहरु एकजुट भैइ संस्थागत रुपले समेत अगाडि बढ्दै समाजिक सेवासंगै साहित्य क्षेत्रमा समेत अगाडि बढिराख्नु भएको छ।
यो भन्दा अगाडि पनि मलेसियामा कार्यरत थारु समुदायका युवा / युवती एकजुट भएर सन् २०१६ को डिसेम्बर महिनामा प्रवासी थारु सेवा समाज नामक जातीय समाजिक संस्था स्थापना गरिसकेका छ्न। थारु समाज मलेसियाले मलेसियामा मात्रै नभैइ नेपालमा समेत भैइपरि आएको खण्डमा थारु समुदायलाई आर्थिक , भौतिक सहयोग गर्दै आईरहेका छ्न।



















