रातिदेखिको भीषण वर्षाले डुब्यो परासी बजार, ज्यान जोगाउन मानिस घरको छतमा।

नवलपरासी := बिहीवार रातिदेखिको भीषण वर्षाले पश्चिम नवलपरासीको परासी बजार डुबेको छ। परासी नवलपरासीको सदरमुकाम हो। परासी सबै बजार जलमग्न भएको छ।धेरै घरहरू आधाभन्दा बढी डुबेका कारण धेरै मानिस घरको छतमा बसेका छन् । परासी हुँदै बगेको झरही नदीमा पानी ‘ओभर फ्लो’ हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो ।

बजारका २०० बढी घरहरू डु’बानमा परेका छन् । डुबानले परासी बजारका रामग्राम नगरपालिका–१ को सहुवाटिकर, वडा नम्बर २ को म’स्जिद टोल, हाट बजार टोल, ३ को संगम टोल, मालटोल, लोकतान्त्रिक टोल, ५ को प्रशासन टोल ड्राइभ टोल, इमली टोल, बुद्ध चोक टोल र ६ को पोखरापाली टोल पूरै डुबेको छ ।

रुपन्देहीको देवदह सडक खण्डको पुल बाढीले भत्किएको ।

प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले बजारसहित सरकारी कार्यालयहरू पनि धेरै डुबानमा परेको बताए । ‘हाम्रो प्रशासन कार्यालय पनि डुुबानमा परेको छ । प्रहरी कार्यालयदेखि धेरै सरकार कार्यालय पनि डुबेका छन् । बजार जलमग्न छ । पारी परिरहेको छ,’ मिश्रले लोकान्तरसँग भने । राहत तथा उद्धारमा सेना र प्रहरी खटिएको बताए । सबै क्षेत्र डुबान परेकाले बाढी र डुबानमा फसेकालाई उद्धार गर्न समस्या भएको प्रहरीले जनाएको छ ।