झापा := झापाको कनकाई नगरपालिका–१ सिर्जना टोलमा एक दम्पत्तिले ८ महिने छोरी च्यापेर पासो लागी आत्महत्या गरेका छन् । घर भित्र झुण्डिएको अवस्थामा आज उनीहरु फेला परको प्रहरीले जनाएको छ ।
आमाले छोरी छातीमा टाँसेर बोकेकी छन्। ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना विक र आठ महिनाकी रुविना विकको शव घरभित्र झुण्डिएको अवस्थामा भेटिएको झापा प्रहरीले जनाएको छ ।
छिमेकीहरुका अनुसार ऋणले चिन्तित हुँदै आएका रविन विक बैदेशिक रोजगारीमा जाने भन्दै आएका थिए । तर अचानक आत्महत्या गरेछन् छिमेकीहरुले बताए ।
घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।




















