कैलाली := कैलालीको टीकापुरमा २०७२ सालमा भदौ ७,८ गतेको दिन थरुहट-थारुवान समर्थक प्रदर्शनकारी जनता र प्रहरी बिच दिउँसो झडप भएको थियो। जुन झडपमा त्यतिबेला कैयौं प्रदर्शनकारीसंगै ७ जना प्रहरीको र १ जना नाबालकको मृत्यु भएको आज ६ बर्ष पूरा भएको छ।
मृत्यु हुनेमा नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्द रहेका थिए । यस्तै सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु र सहायक हवल्दार ललित साउदको समेत सो घटनामा मृत्यु भएको थियो।
यसैगरी, सोहि झडपका क्रममा घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागि मृत्यु भएको थियो । उनी सहायक हबल्दार नेत्र साउदका छोरा हुन।
सीमांकनको र थरुहट हक अधिकारको विरोधमा आन्दोलनरत थरुहट र थारुवान संयुक्त संघर्ष समितिले सरकारी कार्यालयहरुमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रम अन्तरगत उनीहरु टिकापुर तर्फ बढ्दै गर्दा रोक्न गएको प्रहरी र थरुहट आन्दोलनकारी बिच दुईतर्फी आक्रमण हुँदा हिँसात्मक झडप भएको थियो।
आठ जनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोग लगाई रेशम चौधरीलाई पकाउ गरिएको थियो । हाल उनी केन्द्रीय कारगारमा जेलबन्दी जीवन बिताइरहेका छन।
घटनापछि सत्यतथ्य पत्ता लगाउन तत्कालीन नेपाल सरकारद्वारा बनाइएको लाल आयोगले प्रतिबेदन पेश नगरेको , जनतालाई घटना बारे सहि सत्य नबताएको भन्दै थरुहटका नेताहरूले आफ्ना नेता तथा कार्यकर्तालाई झुटो आरोपमा फसाइएको बताउँदै आएका छन।
यसैबीच टिकापुर घटनाको स्मरण गर्दै थारू कल्याणकारिणी सभा कैलाली र थरूहट थारूवान मोर्चा कैलालीले टीकापुर विद्रोह दिवस मनाउने जनाएको छ। मोर्चाले कैलालीको बलिया चोकदेखि भल्का चौकसम्म ¥यालीसहित कार्यक्रमको आयोजना गरि टीकापुर बिद्रोह दिवस मनाउने जनाएको हो।
यस्तै ८ गते साँझ ८ बजे देखि आधा घण्टा जिल्लाव्यापी बत्ती निभाउने (ब्ल्याक आउट) गर्ने मोर्चाका संयोजक लक्ष्मण थारूले जानकारी दिनुभयो।




















