कोरोना भाइरसको संक्रमणले मलेसियामा कार्यरत हेम बहादुर घर्ती क्षेत्रीको मृत्यु।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा बिगत १२ बर्षदेखि कार्यरत नेपाली श्रमिक हेम बहादुर घर्ती क्षेत्रीको मृत्यु भएको छ।

नेपाल ठेगाना बागलुङ जिल्लाको साबिक सिगाना गाबिस वडा नम्बर ३ र हाल बागलुङ नगरपालिका ८ राम्चे निवासी ४५ बर्षिय नेपाली श्रमिक हेम बहादुर घर्ती क्षेत्रीको कोरोना भाइरस ( कोभिड-१९) को संक्रमणले अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

कोरोनाबाट मृत्यु भएका हेम बहादुर मलेसियाको साहआलममा अवस्थित मार्वलको सामाग्री उत्पादन तथा बिक्रीबितरण गर्ने कम्पनीमा बैधानिक हैसियतमै काम गर्दै आएका थिए।