बुर्ज खलिफाको टुप्पोमा उभिइन् महिला, सा’तो जाने भिडियो भाइरल।

एजेन्सी := संयुक्त अरब इमिरेट्सको एयरलाइन्स कम्पनी इमिरेट्स एयरलाइन्स आफ्नो नयाँ विज्ञमपनका कारण चर्चामा छ । एयरलाइन्सको यो विज्ञापन संसार कै सबैभन्दा अग्लो भवन बुर्ज खलिफाको टुप्पोमा खिचिएको छ । कम्पनीले शेयर गरेको भिडियोमा एक महिला एयरलाइन्स क्रु सदस्यको पोसाकमा बुर्ज खलिफाको टुप्पोमा उभिएको देख्न सकिन्छ ।

यी महिलाको हातमा केही बोर्डहरु छन् र उनी त्यसमा लेखिएको कुरा पालैपालो देखाउँछिन् । महिलाको नाम निकोल स्मिथ लुडविक हो। इमिरेट्स एयरलाइन्स युएइको सबैभन्दा ठूलो एयरलाइन्स हो । संसारकै सबेभन्दा अग्लो भवनको टुप्पोमा उभिनु आफैंमा ठूलो साहसको काम हो । निकोलले इन्स्टाग्राममा भिडियो शेयर गर्दै यो आफूले गरेका रोमाञ्चक स्टन्टमध्ये एक भएको बताएकी छिन् ।

‘बुर्ज खलिफा’को कूल उचाइ ८२९.८ मिटर अर्थात दुई हजार २१७ फिट रहेको छ। सन् २००८ को अन्त्यतिर निर्माण सम्पन्न भएपछि यो संसारको सबैभन्दा अग्लो संरचनामा गनिन पुग्यो । ‘बुर्ज खलिफा’को निर्माण २००४ मा आरम्भ भएको हो र सन् २००९ मा यसको बाहिरी भाग पूर्ण भएको हो। बाहिरी भागलाई कङ्क्रिटले बलियो बनाइएको छ। भिडीयो यहाँ लिंकमा छ ।