एजेन्सी:= ग्रिसको १ सय ५४ वटा जंगलमा डढेलो फैलिएको छ। अनिश्चित वायुका कारण आगो निकै तीव्र गतिमा फैलिरहेको अधिकारीहरूले बताएका छन् । अन्य ६ वटा इलाकामा आगो फैलनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको बीबीसीले जनाएको छ।
आगलागीका कारण सयौं व्यक्ति विस्थापित भएका छन् । राजधानी एथेन्सबाट उत्तरी क्षेत्र, इभिया टापु, प्राचिन ओलम्पिया नजिकैका क्षेत्रमा पनि डढेलो फैलिरहेको छ। धुवाँको मुस्लो घरभित्र पसेपछि एथेन्स बाहिरबाट हजारौं मानिसहरुलाई सुरक्षित स्थानमा जान भनिएको छ।
डढेलो निभाउने क्रममा ३८ वर्षीय अग्नि नियन्त्रकको विद्युतको पोल खस्दा मृत्यु भएको हो । अर्का व्यक्ति एथेन्स चेम्बर अफ कमर्सका अध्यक्ष कोन्स्टान्टिनोस मिकालोस हुन् । घटनामा अन्य थप २० जना घाइते भएका छन्।



















