रिहाना विश्वकै सबैभन्दा धनी गायिका।

एजेन्सी:= पपस्टार रिहाना विश्वकै सबैभन्दा धनी गायिका बन्नुभएको छ । १.७ बिलियन डलर कमाइसहित उहाँ आधिकारिक रूपमा बिलिनियर गायिका बनेको फोर्ब्स म्यागजिनले घोषणा गरेको हो । यद्यपि, उहाको कमाइको प्राथमिक स्रोत संगीत भने होइन ।

बार्बेडोसमा जन्मिनु भएकी गायिकाको जन्मनाम रोबिन फेन्टी हो । १.७ बिलियन डलरमध्ये करिब १.४ बिलियन डलर फेन्टी ब्युटी कस्मेटिकबाट आएको फोर्ब्सले उल्लेख गरेको छ । फेन्टी ब्युटी कस्मेटिक्समा उहाँको ५० प्रतिशत लगानी छ । उहाँको अरू कमाइ भने सेभेज एक्स फेन्टी लञ्जरी कम्पनीको शेयर र अभिनय र गायनबाट आएको कमाइ हो ।

यसका साथै गायिका रिहाना दोस्रो धनी मनोरञ्जनकर्ता पनि बन्नुभएको छ । उहाँका दुई गीतहरू ‘अम्ब्रेला’ र ‘लव द वे यु लाई’ ओपरा विनफ्रेपछि दोस्रो स्थानसहित धनी महिला मनोरञ्जनकर्ता बन्नुभएको हो ।