१४० जना नेपाली श्रमिकले विदेशमै गरे आत्महत्या।

काठमाडौं := वैदेशिक रोजगारीको निम्ति विभिन्न अन्तर्राष्ट्रिय मुलुकमा काम गर्न गएका १ सय ४० जना नेपाली कामदारहरुले विदेशमै आत्महत्या गरेका छन ।

वैदेशिक रोजगार वोर्डका तथ्यांकअनुसार आर्थिक बर्ष २०७७/७८ मा मात्रै वैदेशिक रोजगारीमा रहेका १ सय ३६ जना पुरुष र ४ जना महिलाले गरि १ सय ४० जना नेपाली कामदारहरुले आत्महत्या गरेका हुन ।

त्यस्तै सडक दुर्घटनामा परि १ सय १९ जना मध्ये १ सय १६ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको छ । विभिन्न रोगका कारण ४२७ जना कार्डियाक अरेष्टवाट १०४ जना, काम गर्ने ठाउँमै दुर्घटनामा परेर २६ जना , प्राकृतिक कारणवाट १ सय ७१ जनाको मृत्यु भएको छ ।

वोर्डका अनुसार विभिन्न कारणवाट २४८ जनाको विदेशमा मृत्यु भएको जनाईएको छ । मृत्युभएकाहरु मध्ये ५ जनाको मृत्युको कारण सम्वन्धमा अनुसन्धान भैरहेको वोर्डले जनाएको छ ।