एजेन्सी := एक टिकटक स्टारले सबैभन्दा ठूलो मुख भएकी महिलाको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाएकी छिन् ।
१.७ मिलियन फलोअर भएकी ३१ वर्षकी टिकटक स्टार समंथा राम्सडेल अमेरिकाका कनेक्टिकटकी हुन्। उनले यसअघि पनि ठूलो मुख खोल्न सकेका कारण भाइरल भएकी थिइन् । उनले २.५६ इन्च मुख खोल्न सकेर गिनिज बुकमा नाम लेखाएकी हुन्।

द सनका अनुसार समंथा मेडिकल बजार प्रतिनिधि हुन् । उनले कुनै समय आफूले यही मुखका कारण धेरै कुरा सुन्नु परे पनि अहिले यही मुख आफ्नो लागि खुसीको कुरा भएको बताएकी छिन् । उनले पूरै मुख खोल्दा उनको मुखमा एउटा सिंगै स्याउ अटाउँछ । गिनिजले समंथालाई स्थानीय दन्त चिकित्सककहाँ भेटेको थियो । डा. एल्क चेयुंगले उनको मुखको नाप लिएकी थियन् ।




















