काठमाडौं := म्यानमारको सेनाले देशमा सन् २०२३ को अगस्ट महिना सम्म सं’कटकाल लगाउने जानकारी दिएको छ । फेब्रुअरी १ मा देशको शासन हातमा लिएको सेनाले यसअघि ६ महिनापछि निर्वाचन गराएर चुनाव जि’त्ने दललाई देशको शासन सु’म्पने बताएको थियो । तर यतिबेला सेना प्रमुख मिन अङ ला’इङले सन् २०२३ को अगस्ट सम्ममा आपतकालीन अवस्था ह’टाउने अनि मात्र निर्वाचन गर्ने बताएका छन् । एक टेलिभिजन च्यानल मार्फत् जु’न्ता नेता लाइङले भने, ‘हामीले अगस्त २०२३ सम्ममा आकस्मिक अवस्थाका प्रा’वधानहरू पूरा गर्नेछौं ।
उक्त समयसम्म निष्पक्ष निर्वाचन गरी निर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नेछौं ।’सैनिक नेतृत्वको प्रशासनले सार्बजनिक गरेको यो निर्बाचनको घोषणा उसैले सत्ता कब्जा गरेपछि दिएको समयसीमा भन्दा साढे दुई बर्ष ढिलो पुगेको छ । यद्यपि यो कुरामा पनि त्यहाँ आ’न्दोलनरत दलहरू आ’श्वस्त देखिँदैनन् । ‘मैले कुनै पनि हालतमा तो’किएको समयमा बहु दलीय निर्वाचन गर्ने प्र’तिवद्धता व्यक्त गर्छु’, उनले निर्वाचन घोषणा गर्दै टेलिभिजन मार्फत् गरेको सम्बोधनमा भने । सेनाले गत फागुनमा नागरिक आ’न्दोलनका अगुवालाई देश नि’काला गरेपछि म्यानमारमा सै’निक शासन लागु गरिएको छ
विपक्षी दलहरूको आ’न्दोलन र सैनिक प्रशासनले उनीहरूलाई नियन्त्रणमा लिन भन्दै चलाएका सु’रक्षा कारबाहीका कारण म्यानमारको दैनिकी अस्तव्य’स्त भएको छ ।स्थानीय अनुगमन समूहका अनुसार सेनाले निर्बाचित सरकारलाई ह’टाउँदा भएका झ’डपहरूमा अहिलेसम्म ९०० भन्दा बढीको मृ,त्यु भएको छ । एसियाली यस मुलुकमा विश्वव्यापी म’हामारीका रूपमा फैलिएको को’रो ना भाइरसको लहरले पनि ठूलो क्ष’ति पुर्याएको छ ।प्रजातन्त्रको पक्षधर चिकित्सक तथा कर्मचारीहरूले निर्वाचित सरकारलाई कामगर्न दिन आग्रह गर्दै पूर्व स’त्ताधारी दल एनएलडी र सैनिक सरकार वि’रोधी आ’न्दो’लनमा सरिक हुँदा धेरै अस्पताल र सरकारी कार्यालयहरू समेतमा नियमित सेवाहरू च’ल्न सकेका छैनन् ।
विश्व बैंकले म्यानमारमा अहिलेको अवस्था कायमै रहेमा यहाँको अर्थ व्यवस्था १८ प्रतिशतसम्म सं’कुचन हुने पूर्वानुमान गरेको छ । सेनाले लोकतान्त्रिक नेतृ आङ साङ सुचीको नेशनल लिग फर डेमोक्रेसी एनएलडीले जितेको सन् २०२० को नोभेम्बरमा सम्पन्न निर्वा चनमा व्यापक अनियमितता भएको दा’वी गर्दै सत्ता हातमा लिएको थियो ।
सैनिक प्रशासनले नै नियुक्त गरेको निर्वाचन आयोगलेले गत हप्ता एक करोड १० लाख भन्दा बढी अनियमितताका उदाहरणहरू भेटिएको दा’वी गरेको छ। को’रो ना भा’इरस प्रतिब’न्धलाई बे’वास्ता गर्नेदेखि लिएर अवैध रूपमा वाकीटकीहरू आयात गर्नेसम्मका थुप्रै आरोपहरू सहित नेतृ सु’चीलाई फेब्रअरी १ देखि हि’रासतमा राखिएको छ । यदि आ’रोपहरूलाई अदालतले पुष्टि गरेमा उनलाई एक दशकभन्दा बढी जेल सजाय हुनसक्छ । रासस




















