रमेशको ‘द आर्टिष्ट’ युट्युबमा।

काठमाडौं := चलचित्र ‘द आर्टिष्ट’ युट्युबमा आएको छ । टीकाध्वज थापा (रमेश)ले निमार्ण तथा जीवन शाहीले निर्देशन गरेको चलचित्र ‘द आर्टिष्ट’ साइराम पिक्चर्सबाट युट्युबमा आएको हो । यसअघि यो चलचित्र नेटटिभीमा आइरहेको थियो।

चलचित्रमा सुनिल गुरुङ, अपसना थापा, अस्मिता बस्नेत, नरेश कुमार, तिर्सना बुढाथोकी, श्रीजना थापा, खुस्बु पौडेल, केदार बस्नेत, रमेश थापा, राजु भट्ट, सन्तोष दाहाल, निर्मल विष्ट, उषा खनाल, धीरेन्द्र श्रेष्ठलगायत कलाकारको अभिनय छ । हृयारी महर्जन र हरि न्यौपानेको छायांकन रहेकोे चलचित्रमा वीरेन्द्र भाटको सम्पादन र अर्जुन पोख्रेलको कलर छ ।