एजेन्सी := भारतको मुम्बईमा बाढीले घर भ’त्काउँदा कम्तीमा २५ जनाको मृ,त्यु भएको छ। अत्यधिक वर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा पसेको थियो । बाढीले धेरै भौतिक संरचनामा क्षति पुर्याएको छ। भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीका कारण ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
बाढीले रेल सेवा लगायतका यातायात सेवा समेत अवरुद्ध हुँदा हजारौं मानिस अलपत्र परेको पाइएको छ । बाढीका कारण भ’त्किएको घरको पर्खालले मात्रै च्या’पेर १७ जनाको मृ,त्यु भएको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन् । अरूको अन्य ठाउँमा मृ,त्यु भएको हो । मुम्बईको माहुल क्षेत्रमा स्थानीय समय अनुसार आइतबार दिउसो १ बजे घटना भएको हो । घटनामा परी अरु सात जना घा’इते समेत भएका छन् ।
उनीहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीका कारण ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन्। बाढीले रेल सेवा लगायतका यातायात समेत अवरुद्ध हुँदा हजाराँै मानिस अलपत्र परेका छन्।




















