स्वरूपराज आचार्य र लक्ष्मी मल्लको ‘डाँडाघरे साँइली’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं := गायक स्वरूपराज आचार्यले पहिलो पटक लोकदोहोरी गीतमा आवाज दिएका छन् । सेल्फि खिचौला बोलको गितबाट चर्चीत बनेकी गायीका लक्ष्मी मल्लसँग उनले ‘डाँडाघरे साँइली’ गितमा आवाज दिएका हुन् ।

गायक आचार्यकोे यो पहिलो लोकदोहोरी गीत हो । श्रीकृष्ण बम मल्लले संगीत भरेको सो गीतको रचनाकार भने कृष्ण के सी रहेका छन् । त्यस्तै सो गीतको संगीत संयोजन भने कृष्ण बि. क.ले गरेका थिए ।

आफ्नो मन युटुब च्यानलबाट सार्वजनिक भएको उक्त गितको भिडियोको निर्देशन देबेन्द्र बब्लुले गरेका छन् । भिडियोमा संगीतकार श्रीकृष्ण बम मल्लको पनि फिचरिंग रहेको छ । भिडियोमा अभिनेत्री शिल्पा पोखरेल, प्रकाश सपुत, करिश्मा ढकाललाई देख्न सकिन्छ । मौसम हिमालीको कोरियोग्राफि, नबराज उप्रेतीको छायाँकन रहेको थियो ।

तलको लिङ्कमा क्लिक गरेर भिडियो हेर्नुहोस :