७० जना कलाकर्मीले गरे काँग्रेस प्रवेश।

काठमाडौं := नेपाली काँग्रेसमा ७० जना कलाकर्मी प्रवेश गरेका छन् । मुलाको सागले चर्चित अभिनेता सुरेन्द्र केसी सहितका कलाकार तथा संस्कृति कर्मी हिजो शनिबारको दिन कांग्रेस प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी सभापति शेर बहादुर देउवाले फूल माला र खादा लगाएर पार्टी प्रवेश गराए। सभापति देउवाले पार्टी सदस्यताको टिकट समेत कलाकारलाई दिएका थिए ।

शनिबार काँग्रेस सभापति शेर बहादुर देउवा निवास बूढानील कण्ठमा अधिकांश कलाकर्मीहरु नेकपा एमाले परित्याग गरी काँग्रेस प्रवेश गरेका हुन् । एमाले परित्याग गरी काँग्रेस प्रवेश गर्नेमा गायक मोहन राई, मेनुका भुजेल, गंगाराज राई, प्रमेबहादुर लिम्बु, मित्र कुमार राई, चन्द्र कुमारी राई, कमल कुमार राई, दिपेश कुमार बान्तावा र दिपेनकुमार बान्तावा गरेका छन्। यस्तै आङ्गारिक शेर्पा, उद्देश्य राई, अजय राई, श्रीकृष्ण खड्का, विजय कुँवर, प्रदीप राई, सगुन मगर, अमिर बुढाथोकी, रामबहादुर विश्वकर्मा, विरु बहादुर विश्वकर्मा, अस्मिता मगर, प्रदीप बुढाथोकी, गणेश दशारा लगायतले एमाले छोडेर काँग्रेस प्रवेश गरेका हुन् ।

यसअघि कुनै पार्टीमा नरहेका सुरेन्द्र केसी ‘मुला साग’, महादेव त्रिपाठी जादुगर र मिलनकुमार श्रेष्ठले पनि काँग्रेसको सदस्यता लिएका छन् । काँग्रेस सभापति देउवाले उनीहरुलाई पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए । पार्टी प्रवेश कार्यक्रमा काँग्रेसको नेपाल सांस्कृतिक संघका अध्यक्ष तिर्थ थापा,महामन्त्रीद्वय शिवशंकर रिजाल ‘जोगिन्दर’ र रोशन केसीको सहभागिता रहेको थियो । नेपाल सांस्कृतिक संघ समन्वयमा उनी काँग्रेस प्रवेश गरेका थिए ।