[ नरेश गुप्ता ]
बाराको सुवर्ण गाउँपालिकाको वडा अध्यक्ष एवं गाउँपालिकाको प्रवक्ता समेत रहेको बिजय सिंहले आफुलाई कुनै किसिमको जानकारी नै नदिई देखावटी रुपमा प्रवक्ता चयन गरेको आरोप लगाएका छ्न।
सुवर्ण गाउँपालिका वडा ७ बाट स्थानीय चुनावमा स्वतन्त्र बाट जित हासिल गरेको सिंहले सुवर्ण गाउँपालिकाले आफ्नो वडाको बजेट समेत चलाउन नदिइएको बताए। आफ्नो वडाको अधिकार बाट बंचित गराईएको तर देखावटी गाउँपालिकाको प्रवक्ता चयन गर्नु लाजमर्दो बिषय रहेको उहाँले तर्क गर्नुभएको छ।आफ्नो हिसाबले योजना चलाउने प्रमुख प्रशासकिय अधिकृत नवीन श्रीबास्तवले कमिसनको चलखेलमा वडा स्तरीय योजना र गाउपालिका स्तरय योजना चलाउदै आएको उहाँले बताए ।
प्रधानमन्त्री युवा स्वरोजगार योजनालाई सबै स्थानीय तहमा चलाईरहेको अवस्था रहेको ,बेरोजगारी समस्या समाधान गर्न युवाहरूलाई अघि सारिएको भएपनि सुवर्ण गाउँपालिकाको वडा न ७ चौरहइयामा प्रधानमन्त्री युवा स्वरोजगारको कार्यक्रममा आफनो वडाको युवा महिला लाई छनौट नगरिएको प्रवक्ता सिंहले बताए ।
प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रमको संयोजक सुदिप मण्डलले आफ्नो वडामा कार्यक्रम बाट नै बंचित गरिएको तर समाधान तर्फ गाउँपालिका अध्यक्ष महेन्द्र यादव र प्रमुख प्रशासकिय अधिकृत नवीन जैसवालले कुनै चासो नदेखाएको आरोप लगाए । सुवर्ण गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत श्रीबास्तव ,गाउँपालिका अध्यक्ष महेन्द्र यादव लगायत बोर्डका सद्स्यहरुले एकलौटी निर्णय गरि आफ्नो हिसाबले योजना चलाएको आरोप सिंहले लगाए। एकातिर आफ्नो अधिकार् बाट बंचित गर्ने अर्को तिर प्रवक्ता देखावटी चयन गर्ने खेल भएको उहाँले जानकारी दिनु भयो।




















