मलेसियाबाट अवैधानिक श्रमिक सिधैँ केयलआईए एयरपोर्टमा गैई जरिवाना तिरेर स्वदेश फर्किन मिल्ने।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= मलेसियामा रहेका नेपालीसंगै अन्य देशको विदेशी अवैधानिक श्रमिकहरुलाई स्वदेश फर्किन सहज हुने भएको छ।

अबदेखि अध्यागमन बिभाग (इमिग्रेशन) को कार्यालय नखुलेपनी अवैधानिक श्रमिकहरु सिधैँ मलेसिया स्थित अन्तर्राष्ट्रिय विमानस्थल केयलआईएमा गएर अवैधानिक बसे बापत्तको बिभागले तोकेको जरिवाना रकम तिरेर, फिङ्गरिङ्ग गरेर सजिलै स्वदेश फर्किन पाउने ब्यवस्था मलेसिया सरकार सम्बन्धित निकायले मिलेर गरेकोले स्वदेश फर्किने हरुलाई सजिलो हुने भएको हो।

अध्यागमन बिभागले जनाए अनुसार अबदेखि मलेसियाबाट आ-आफ्नो देश फर्किने अवैधानिक विदेशी श्रमिकहरुले अध्यागमनबाट अनलाइन प्रणाली मार्फत पुर्व स्वीकृति (अपोईन्टमेन्ट) लिन नपर्ने, चेकआउट मेमो निकाल्न नपर्ने , लामो समय कुर्न नपर्ने , अध्यागमन बिभागको कार्यालयमा जान नपर्ने सिधै केयलआईए एयरपोर्टमा गैई स्वदेश फर्किन सकिने जनाएका छ्न।

बिभागले जनाए अनुसार स्वदेश फर्किने श्रमिकको साथमा अनिवार्य रुपमा आफ्नो सक्कली राहदानी अथवा सम्बन्धित देशको मलेसिया स्थित दूतावासले जारी गरेको यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) फोटोकपीको साथमा हुनुपर्ने छ, त्यस्तै अन्य कागजातहरुमा ७२ घण्टा भित्रको कोरोना पिसिआर नेगेटिभ रिपोर्ट बारकोड,क्युआर कोड सहितको , हवाई टिकट लगायतको कागजात हुनुपर्नेछ्न, भने जरिवाना बापत्त बिभागलाई मलेसियन रिंगेट ५ सय आरएम रकम तिर्नुपर्नेछ।

बिभागलाई जरिवाना बापत्तको तिर्नुपर्ने रकम ह्याण्ड क्यासको माध्यमबाट नभैई आफू संग भएको डेबिट/क्रेडिट बैंक कार्ड बाट अथवा टच एण्ड गो को ई-वालेट प्रयोग गरेर मात्रै तिर्न मिल्ने जनाएको छ। साथै स्वदेश फर्किने श्रमिकहरु सम्पुर्ण कागजातको साथ ७,८ घण्टा पहिल्यै केयलआईए विमानस्थलमा पुग्नुपर्ने बिभागले जनाएको छ।

स्मरण रहोस् मलेसिया सरकारले ल्याएको अवैधानिक स्वदेश फर्किने यस् प्रक्रिया मार्फत सन् २०२० अथवा सो भन्दा अगाडिनै रोजगारदाता कम्पनी छाडेर भागेर अवैधानिक बनेकोहरुको लागि सजिलै लागू हुन सक्ने मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ।

मलेसिया स्थित नेपाली दूतावासका द्धितिय सचिव प्रतीक कार्कीका अनुसार विभिन्न देशको दूतावासहरुले घरफिर्ती कार्यक्रमको अवधी थप गर्नुपर्ने मलेसिया सरकारसंग माग गरेका थियौं सोही अनुरुप सरकारले अवैधानिक हरुलाई स्वदेश फर्किन यो बर्षको डिसेम्बरसम्मलाई अवधी थप गरि पुनः ठूलो मौका प्रदान गरेकोले पहिल्यै देखि विभिन्न कारणबस अवैधानिक बन्न पुग्नु भएका नेपाली श्रमिकहरुले यसको भरपुर फाइदा उठाउन सम्पुर्ण अवैधानिक नेपालीहरुमा नेपाली दूतावासले अनुरोध गर्नुभएको छ। Photo source : JIM

 

Advertise