ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश।

एजेन्सी := कोपा अमेरिका अन्तर्गत राती सम्पन्न पहिलो सेमिफाइनलमा पेरुलाई हराउँदै ब्राजिल फाइनलमा प्रवेश गरेको छ। ब्राजिलको रियो दि जेनेरियो स्थित ओलम्पिक स्टेडियममा सम्पन्न खेलमा पेरुलाई १-० ले हराउँदै ब्राजिलले कोपा अमेरिकाको फाइनलमा स्थान सुरक्षित गरेको हो।

गएराति भएको सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो ।ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे । नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् ।

दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता ब्राजिलमा सञ्चालन भईरहेको छ । यस्तै नेयमार प्रेरित ब्राजिल उपाधिको नजिक पुगेको छ ।  ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।दोस्रो सेमिफाइनलमा भोलि बिहान अर्जेन्टिना र कोलम्बिया भिड्नेछन्।