अहिलेकै अवस्थामा नेपालबाट मलेसिया आउनेलाई तीन हप्ता क्वारेण्टिन अनिवार्य।

क्वालालम्पुर (मलेसिया):= मलेसियाले नेपाल लगायतका केहि अन्तर्राष्ट्रिय मुलुकबाट आउने यात्रुलाई तीनहप्ता (२१) दिनको क्वारेण्टिन अनिवार्य गरेको छ।

मलेसियाका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार नेपालसंगै श्रीलंका, बंगलादेश तथा पाकिस्तानबाट आउने यात्रुहरुलाई २१ दिनको क्वारेण्टिन अनिवार्य गरिएको छ। कोभिडको डेल्टा भेरिएण्टलाई फैलिन रोक्न यस्तो निर्णय गरिएको जनाइएको छ। यस अगाडी मलेसियाले भारतबाट आउने यात्रुका लागि मात्र २१ दिनको क्वारेण्टिनको व्यवस्था गरेको थियो ।

मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार नेपाल लगायतका मुलुकमा डेल्टा भेरिएण्ट फैलिएपछि सो संक्रमण रोक्न यस्तो व्यवस्था गरिएको हो । सवै मुलुकबाट मलेसिया आउने यात्रुले ७२ घण्टे भित्रको अर्थात तीन दिन भित्र गरिएको पिसिआर रिपोर्टलाई अनिवार्य गरिएको छ भनें मलेसिया आइपुगे पश्चात पनि पिसिआर परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नेपाल लगायतका मुलुकबाट आउने यात्रुको १८ औं दिनमा पिसिआर परीक्षण हुने जनाइएको छ। नेपाल बाट अहिलेकै अवस्थामा मलेसिया आउन प्रक्रिया झन्झटिलो रहेता पनि मलेसियन अध्यागमन बिभागबाट विशेष किसिमको अनुमति प्राप्त गर्न सके पश्चात् मलेसियामा प्रवेश गर्न सकिनेछ।

Advertise