एनआरएनए आइसीसी मलेसियाको युवा संयोजकमा सन्तोष रिजालको उम्मेदवारी।

क्वालालम्पुर (मलेसिया):= गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको सातौं महाधिवेशन जुलाई २५ मा हुने तय भएको छ।

सोहि सातौं महाअधिवेशनमा २०२१–२०२३ कार्यकालको लागी एनआरएनए मलेसिया एनसिसिको युवा संयोजकमा समाजसेवी युवा सन्तोष रिजालले उम्मेदवारी दिने भएका छन।

एक दशक लामो समय मलेसियामा बिताएका मलेसियामा रहेका श्रमिक हरुको सुख दुख बुझेका समाजसेवि युवा सन्तोष रिजाल एक कार्यकाल एनआरएनए मलेसियाको केन्द्रिय सदस्य बनीसकेका उम्मेद्बार हुन।

विभिन्न संघ सस्थामा रहेर नेतृत्व गरेका रिजाल हाल फाल्गुनन्द एकता समाज मलेसियाका संरक्षक सल्लाहकार एनआरएनए मलेसियाको पूर्व केन्द्रिय सदस्य रिजाल आगामी अधिवेशनमा युवा पुस्ताले देश बिदेशमा नितृत्व लिने कुरा गहन रुपमा उठेको र आजको आवस्यकता देखिएको बताउदै युवा संयोजकमा उमेदवारी दिने रिजालले घोषणा गरेका हुन।