[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएको छ।
करिब दुई बर्ष पहिले मलेसियाको सिरा अल्फा (sierra alfa security sdn bhd) नामक सेक्युरिटी कम्पनीसंग आवद्ध रहि इपो पेराक भन्ने ठाउँमा सुरक्षागार्डमा काम गर्दै आएका नेपाल ठेगाना सुनसरी झुम्का निवासी नेपाली श्रमिक मनोज कुमार चौधरीको यहीँ मिति सन् २०२१/०६/३० तारिख बुधबारको बिहान अच्चानक मृत्यु भएको हो।

जानकारी अनुसार बिहान करिबकरिब ०४:०० बजेतिर श्वास फेर्न अप्ठ्यारो भएर हिकहिक गर्दै काम गर्ने ठाउँमै ड्युटीमै कुर्सीमा बसिरहेको बेलानै भुइँमा ढल्नु भएको थियो। भुइँमा ढ्लेको मनोजलाई थप उपचारको लागी अस्पताल लैजानलाई एम्बुलेन्सलाई बोलाइए पनि ढ्लेको केहि छिनमै मनोजले प्राण त्याग गरेको सोहि कम्पनीमा कार्यरत एक श्रमिकले बताउनुभयो।

३० बर्षिय विवाहित नेपाली युवा श्रमिक मनोजको मृत्यु हृदयघात (Heart attack) बाट भएको हुनसक्ने आशँका गरिएको छ। मृतक मनोजको घरमा बुवा,आमा,श्रिमती र एक छोरा रहेका छ्न।
कम्पनीको म्यानेजरले जानकारी गराए अनुसार हाल मृतकको शव पोस्टमार्टमको लागि इपो अस्पतालमा लगिएको छ। पोस्टमार्टम सकिएपछि मृतकको शव नेपाल फर्काउने सम्पुर्ण तयारी पनि पूरा गरिरहेको बताउनु भएको छ।




















