काठमाडौं := सरकारले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि थप ४ उडान कम्पनीलाई अनुमति दिएकाे छ । पहिले ५ पाँच वटा हवाई कम्पनीले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएकाेमा सरकारले थप ४ वटा हवाई कम्पनीलाई अनुमति दिएको छ ।
अब अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नेमा नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, कतार एअरलाइन्स, टर्किस एअरलाइन्स, जजिरा एअरलाइन्स, फ्लाइ दुवई एअरलाइन्स, सलाम एअरलाइन्स, एअरअरविया र एअरइण्डियाले नेपालका लागि उडान गर्नेछन् ।
नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी गराए अनुसार मलेसिया, दोहा, जापान, दुबई, ओमान, कुवेतबाट पनि उडान शुरु भएको छ ।




















