काठमाडौं := पछिल्लो २४ घण्टामा देशभर थप २,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ८१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृतक मध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो । बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश नभएका मृत्यु रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट ३, ५५८ जना संक्रमणमुक्त भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको मन्त्रालयले जनाएको छ ।




















