कुवेत:= कुवेत सरकारले आफ्ना देशमा विदेशी नागरिकलाई आउँदो अगस्ट १ तारिखदेखि प्रवेश गर्न अनुमति दिने भएको छ।
कुवेतले अनुमति दिएको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको पाँच कम्पनीका खोपहरु फाइजर, बायोएनटेक, मोर्डेना, जोनसन एण्ड जोनसन र एक्ट्राजेने मध्यका खोपको दुवै डोजको मात्रा लगाएका विदेशी नागरिकहरुलाई कुवेत प्रवेशमा आउदो अगस्ट महिना १ तारिखदेखि लागुहुनेगरी अनुमति दिइने भएको हो।
यी कम्पनीका खोप नेपालमा भने आएको छैन ।
कुवेत जाने यात्रुको साथमा ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट पनि अनिवार्य हुन पर्नेछ । साथै कुवेत पुगेपछि सात दिन क्वरेण्टीनमा अनिवार्य बस्न पर्नेछ । साथै कुवेतले खोप लगाएकाहरुलाई सपिङ मल, जिम, रेस्टुरेन्ट लगायतका ठाउँमा यही जुन २७ देखि प्रवेश गर्न दिने भएको छ । तर भौतिक दुरी भने कायम गर्नु पर्नेछ ।
कोरोना महामारी नियन्त्रणका लागि कुवेतले गएको फेब्रुअरी महिनादेखि विदेशी नागरिकको आफ्नो देशमा प्रवेशमा प्रतिबन्ध लगाएको थियो।




















